Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

images
  • सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
    images
    images

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ करिब ६: ५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई पल्टिएको हो ।

    images
    images
    images

    काभ्रेको पाँचखाल नगरपालिका-१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको टिपरमा सवार बाह्रबिसे नगरपालिका-८ का २९ वर्षीय राजु लामा दुर्घटनाका क्रममा सडक छेउतर्फ हाम फालेका थिए । त्यसलगत्तै टिपर पल्टिँदा उनी त्यसमा च्यापिएका थिए ।

    images
    images
    images

    घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पुर्‍याएको थियो । तर उपचारका क्रममा साँझ ७: ४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई शव जिम्मा लगाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।