काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्यूरो एण्ड जनरल अस्पताल भर्ना भएका प्रधानको बिहीबार निधन भएको हो ।
८५ वर्षको उमेरमा आज संसार छोडेका प्रधान वि. सं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका थिए ।
आफ्नो जीवनकालमा करिब ७०० वटा गीतहरु गाएका प्रधानले भारतीय गायक-गायिकाहरुसँग पनि थुप्रै गीतहरु गाएका छन् भने उत्तिकै मात्रामा गीतमा संगीतसमेत भरेका छन् ।
लोकप्रीय गायक प्रमोद खरेल लगायत राष्ट्रिय गायक तथा कलाकारहरुले प्रधानको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै दु:ख व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology