Logo

२०८३, आश्विन ९गते


images
images

स्कट कुगेलिनलाई पुनः सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्दै

स्कट कुगेलिनलाई पुनः सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्दै

images
  • स्कट कुगेलिनलाई पुनः सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्दै
    images
    images

    काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका बलर स्कट कुगेलिनलाई टिममा पुनः अनुबन्ध गरेको छ । गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका कुगेलिन टिममा फर्किएका हुन् ।

    images
    images
    images

    उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए । ३४ वर्षीय कुगेलिनले एनपीएलको पहिलो संस्करणमा १७ विकेट र दोस्रो संस्करणमा १० विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि सुदूरपश्चिमले इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।

    images
    images
    images

    दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा, सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र टेक रावतलगायतका खेलाडी रहेका छन् ।

    एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुने तालिका सार्बजनिक भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियल लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।