Logo

२०८३, भाद्र ५गते


images
images

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा देवदह माविकी निस्तिका प्रथम

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा देवदह माविकी निस्तिका प्रथम

images
  • नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा देवदह माविकी निस्तिका प्रथम
    images
    images

    देवदह । नेपाल रेडक्रस सोसाइटी देवदह शाखा तदर्थ समितिद्वारा आयोजित नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा देवदह माध्यमिक विद्यालयकी छात्रा निस्तिका परियार प्रथम भएकी छन् ।

    images
    images
    images

    प्रतियोगितामा देवदह बोर्डिङ स्कुलकी लक्ष्मी तिवारी द्वितीय र न्यू लुम्बिनी बोर्डिङ स्कुलकी जेनिशा रेश्मी तृतीय भए । बुद्ध पब्लिक ई.बो. स्कुलकी सोफिया न्यौपाने र देवदह मदर टङ स्कुलकी इशा पौडेलले सान्त्वना स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    देवदह नगरपालिका क्षेत्रका भित्रका १५ वटा विद्यालयका विद्यार्थीको सहभागितामा भएको प्रतियोगितामा विद्यार्थीले विभिन्न समसामयिक विषयमा आफ्नो वक्तृत्व प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    प्रतियोगिताको निर्णायकमा चन्द्रकान्त पराजुली र सरिता सापकोटा रहेका थिए ।

    नेपाल रेडक्रस सोसाइटी देवदह शाखा तदर्थ समितिका संयोजक जयकिशन अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, पूर्वी क्षेत्र निजी विद्यालय संघ (इप्सा) रुपन्देही अध्यक्ष विनोद थापा मगर, प्याब्सन देवदह अध्यक्ष राम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।