देवदह । न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबारे अतिरिक्त कार्यक्रमअन्तर्गत ‘३R क्राफ्ट प्रतियोगिता’ सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा सिर्जनशीलता, पुनःप्रयोगको भावना तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले Reduce, Reuse and Recycle विषयमा आधारित कला तथा हस्तकला प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले फालिएका तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गरी आकर्षक र सिर्जनात्मक कलाकृतिहरू निर्माण गरेका थिए । विद्यार्थीहरूले कम प्रयोग गर्ने, पुनःप्रयोग गर्ने र पुनर्चक्रण गर्ने अवधारणालाई आफ्ना कलाकृतिमार्फत प्रस्तुत गरे ।
प्रतियोगितालाई तीन समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो समूहअन्तर्गत कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी थिए । उक्त समूहबाट कक्षा १ ‘सन’ प्रथम हुन सफल भयो ।
त्यसैगरी दोस्रो समूहमा कक्षा ४ देखि ६ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । यस समूहबाट कक्षा ६ ‘पिंक’ प्रथम र कक्षा ५ ‘येलो’ द्वितीय भएका छन् ।
तेस्रो समूहअन्तर्गत कक्षा ७ देखि १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । यस समूहमा कक्षा ८ ‘फिस्टेल’ प्रथम र कक्षा ९ ‘अरनिको’ द्वितीय हुन सफल भएका छन् ।
कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता, कलात्मक क्षमता, वातावरणप्रतिको जिम्मेवारी र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गरेको विद्यालयका प्राचार्य चुराबहादुर थापाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology