Logo

२०८३, आश्विन ९गते


images
images

नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात

नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात

images
  • नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ । जोसे मोरिन्होको पुनरागमनपछिको पहिलो आधिकारिक खेलमा रियल म्याड्रिडले एस्पान्योललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    खेलको नवौँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । अर्दा गुलरको पासमा बेलिङ्घमले हेडमार्फत गोल गरेका थिए ।

    images
    images
    images

    एस्पान्योलले ३०औँ मिनेटमा एलेक्स कालात्राभाको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । जाभी हर्नान्डेजको पासमा कालात्राभाले गोल गरेका थिए ।

    images
    images
    images

    त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन । रियल म्याड्रिडका लागि ९०औँ मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गरे । मैदान प्रवेश गरेको केही समयमै उनले गोल गर्दै टोलीलाई तीन अंक दिलाएका थिए ।

    यस जितसँगै मोरिन्होले रियल म्याड्रिडको दोस्रो कार्यकाल विजयी शुरुवात गरेका छन् । रियल म्याड्रिडले खेलमा बलमाथि बढी नियन्त्रण राख्दै २० पटक प्रहार गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।