काठमाडौं । जनताको आधरभुत आवस्यकता शिक्षा, स्वस्थ्य र रोजगार जस्ले सुलभ गराउँछ जित उसैको हुन्छ भन्ने उदाहरण केरलाको कम्युनिस्ट पार्टी बनेको छ । उनिहरुले सर्वसत्तावादको नीति अंगीकार कहिल्यै गरेनन ।
हिंसात्मक राजनीतिभन्दा शान्तिपूर्ण चुनावी राजनीतिको नीति लिए । चुनावी राजनीतिबाट त्यस पार्टीले कहिल्यै पछि फर्किनु परेन । एलडीएफ सबैभन्दा बढी नागरिकलाई शिक्षित तुल्याउन केन्द्रित रह्याे । केरला मात्रै यस्तो राज्य हो जहाँ साक्षरतादर ९९ प्रतिशत भन्दा माथी रहेको छ ।
राज्यका हरेक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन पनि त्यस पार्टीको भूमिका उल्लेखनीय छ । केरलाको मोडललाई साम्यवादको नयाँ अवतारका रूपमा समेत परिभाषित गरिन थालिएको छ । पुँजीवादी राष्ट्रले प्रविधिमा होस् वा स्वास्थ्य क्षेत्रमा केरलाकै दक्ष जनशक्तिलाई प्राथामिकता दिने गरेका उदाहरण खाडीमा कार्यरत काला डाक्टरहरु हामिले प्रशस्तै देखेका छौ ।
मुख्यमन्त्री विजयनले दुई कार्यकालमा विजयी भएका नेतालाई टिकटै दिएनन् । विजयनले संकटमा राम्रो व्यवस्थापन गरेर जनताको मन जिते । उनले राज्यमा लगातार दुई वर्ष आएको बाढीपछि पनि परिस्थितिलाई सम्हाले र जनताको सहायता गरे । बिश्वब्यापी कोभिड-१९ को महामारीमा पनि उनले केरलामा हालत नियन्त्रणबाहिर जान दिएनन् ।
एकपछी अर्को उदाहरणिय काम गरिरहेका विजयनले प्रत्येक घरमा निःशुल्क रासन उपलब्ध गराए । उनले प्रवासी मजदुरहरूका लागि सामुदायिक भान्साको समेत प्रबन्ध गरेका थिए । प्रवासबाट फर्किएका युवाहरूलाई उचित रोजगारीको व्यवस्था पनि गरे । यस्तै, कोभिड खोप सबैलाई नि:शुल्क उपलब्ध गराए । वृद्ध-वृद्धालाई पेन्सनको राम्रो व्यवस्था पनि मिलाए। यही कारण एलडीएफले आफ्नो वर्चस्व कायम राख्न सफल भयो।
चीन, ल्याटिन अमेरिका र पूर्वी युरोपका नेताहरूले झै उनीहरूले उद्योगमा न त कब्जा जमाए, न त व्यक्तिगत सम्पत्तिहरु कब्जामा नै लिए । राजनीतिको केन्द्रमा रहेको नेसनल कंग्रेससँग चुनावमा सहभागी भए । चुनावी प्रतिस्पर्धामा कहिले कंग्रेसलाई पछारे कहिले आफूले हार व्यहोरे । विस्तारै केरलाका लागि कम्युनिज्म पहिचान बन्न थाल्यो ।
१९७० र ८० को दशकसम्म त बच्चाहरूको नाम नै लेनिन र स्टालिन हुनु सामान्य भइसकेको थियो । केरला कम्युनिस्टको प्राथमिकतामा श्रमिक परे । पूर्वाधार निर्माणमा कार्यरत श्रमिलाई राज्यले नै १० वर्षसम्म तलब दिने व्यवस्था गरियो । खाडी राष्ट्रमा श्रमका लागि पुग्ने युवाहरूको रेमिट्यान्सबाट श्रमिकहरूलाई सरकारले निश्चित अवधिसम्म पालिरह्यो । केरला सबैभन्दा बढी व्यापारघाटा व्यहोर्ने राज्यमा निकै समयसम्म रहेको थियो ।
घाटामै रहेर पनि केरलाले नयाँ राजमार्ग बनाउने औद्योगिक पार्क बनाउने नीति लियो । केरला यसमा सफल पनि देखियो । अहिले त्यहाँ चारवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यही बन्दै छ । सन् १९८० देखि ९० को दशकमा केरलाबाट अदक्ष कामदारहरू खाडी मुलुकमा जाने गर्थे । अहिले त्यहाँ लेखापाल, वकिल, नर्स, डाक्टर तथा अन्य दक्ष कामदारका रूपमा पुग्ने गरेका छन् । केरलाको कुल गार्हस्थ्य उत्पादनमध्ये रेमिट्यान्स तेस्रो नम्बरमा पर्छ ।
पूर्वाधार निर्माण, स्वास्थ्यमा पहुँच र शिक्षाको दृष्टिले केरला सबैभन्दा अब्बल छ । त्यसैले कम्युनिस्ट पार्टीप्रति नागरिकको विश्वास अझै कायम छ । 'राज्यले आधारभूत सुविधा उपलब्ध गराएको अवस्थामा मानिसहरू सधैँभर नाफाकेन्द्रित भइरहने छैनन् । नागरिकलाई सम्पन्न बनाउन राज्यले नै लगानी गर्ने केरला मोडल लागू हुने हो भने पुँजीवादको पतन निश्चित छ।
केरला कम्युनिस्टको गढ बन्नुको पछि उसले नागरिकका आवश्यकता पूर्ति गर्न सहयोग गर्नु हो । केरलाका युवाहरू राज्यले सबैलाई समान अधिकार दिएको प्रति कृतज्ञ छन्। 'राज्यले हामीलाई सबै वर्गका मानिसहरू समान हुन् र सबैलाई समान अवसरको सुनिश्चित छ भन्ने आभाष दिलाएको छ।
भारतको अन्य राज्यमा जस्तै यहाँ हिन्दूत्वको राष्ट्रवाद प्रवेश गरिसकेको छैन । यहाँ धर्म निरपेक्षतालाई नै प्राथमिकता दिइन्छ । 'हामी इसाई, मुस्लिम वा हिन्दू कोही पनि होइनौँ । रोग भोक र शोक सबैका लागि समान छन् । त्यसैले हामी मानव हौँ,' केटाकेटीहरू यही गीत मस्तसँग गाइरहेका थिए ।
केरलाले समानताको शिक्षा दिइरहेको छ । सबैलाई समान अवसरका लागि राज्यले नै लगानी गरिरहेको छ । पूर्वाधार विकास, शिक्षामा सरल पहुँच र नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन एलडीएफ सधैँ अग्रसर छ । सय वर्ष अघिको आफ्नो जगलाई भत्किन नदिन पार्टी क्रियाशील छ ।त्यसैले त बारम्बार जितको आधार पनि बनिरहेको छ।
एजेन्सीको सहयोगमा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology