Logo

२०८३, आश्विन ९गते


images
images

खुल्यो प्रधानमन्त्री शाहले कालो चश्मा लगाउनुको कारण, संसद सचिवालयमा पठाए पत्र

खुल्यो प्रधानमन्त्री शाहले कालो चश्मा लगाउनुको कारण, संसद सचिवालयमा पठाए पत्र

images
  • खुल्यो प्रधानमन्त्री शाहले कालो चश्मा लगाउनुको कारण, संसद सचिवालयमा पठाए पत्र
    images
    images

    काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनु कुनै फेसनका लागि नभई आँखाको समस्याका कारण भएको खुलेको छ । 

    images
    images
    images

    प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेपछि उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    संघीय संसद सचिवालयमा बुझाइएको रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न गाह्रो हुने समस्या रहेको कारण चर्को घाम वा धेरै उज्यालो ठाउँमा आँखामा हुने असहजता कम गर्न कालो चस्मा लगाउन चिकित्सकले सुझाव दिइएको पाइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले साउन २२ मा स्वास्थ्य परीक्षण गरी साउन २६ मा संसद सचिवालयलाई यस विषयमा पत्र पठाएका थिए । 

    यसअघि सभामुख डिपी अर्यालले संसदमा धेरै जसो सांसदहरुले कालो चश्मा लगाएर उपस्थित हुन लागेपछि संसदमा उपस्थित हुदा कालो चश्मा लगाएर आउन नपाइने भन्दै रुलिङ गरेका थिए । साथै लगाउनुपर्ने अवस्था भएमा चिकित्सकीय परिक्षणको प्रमाण आवश्यक रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।