Logo

२०८३, आश्विन ११गते


images
images

गण्डकी सरकारबाट बाहिरियो एमाले

गण्डकी सरकारबाट बाहिरियो एमाले

images
  • गण्डकी सरकारबाट बाहिरियो एमाले
    images
    images

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । 

    images
    images
    images

    मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    images
    images
    images

    केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमाले कांग्रेस नेतृत्वको गण्डकी सरकारबाट बाहिरिएको हो ।

    images
    images
    images

    गण्डकी सरकारमा एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे सहभागी छन् । 

    ५९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ । जसमा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन् । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् । 

    यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन । एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट देखिदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।