Logo

२०८३, आश्विन ९गते


images
images

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

images
  • बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
    images
    images

    हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

    images
    images
    images

    काँग्रेससहितका विपक्षी दलहरुले बहिष्कार गरेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेश गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो ।

    images
    images
    images

    प्रदेश सभामा हाल कायम रहेको १०४ सदस्यका आधारमा सो मत बहुमत भएको उपसभामुखले घोषणा गरेकी थिइन् । आजको मतदान प्रक्रियामा केवल ५८ सांसद उपस्थित रहेका थिए ।

    images
    images
    images

    बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।