Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशन

भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशन

images
  • भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशन
    images
    images

    काठमाडौँ । रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा आगामी उद्धार र राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।

    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र राहतका लागि चाल्नुपर्ने आगामी कदमबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सम्बन्धित सबै निकाय तथा व्यक्तिलाई आ–आफ्नो स्थानबाट बाढी प्रभावित क्षेत्रमा खटिन आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाउन र आवश्यक समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।