Logo

२०८३, आश्विन ११गते


images
images

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १६२ पुग्यो

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १६२ पुग्यो

images
  • भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १६२ पुग्यो
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ जनाको शव फेला परेको छ । 

    images
    images
    images

    नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ ।

    images
    images
    images

    बाढीपछि उद्धार, खोजी तथा सुरक्षा व्यवस्थाका लागि ३३९ जना प्रहरी परिचालन गरिएको छ भने  प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत २ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ५ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये २ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ ।

    बाढीमा घाइते भएका ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिवि शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा ३ जना, बीरेन्द्र सैनिक अस्पतालमा ९ जना, ग्रिन सिटीमा ९ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा १ जना उपचाररत रहेको विवरणमा उल्लेख छ ।

    बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। बाढीको बहावसँगै मानिस तथा शव विभिन्न जिल्लातर्फ बगेको हुन सक्ने भएकाले नदी तथा तटीय क्षेत्रमा समेत खोजी कार्य जारी राखिएको प्रहरीले अपडेट दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीषण बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।