Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढीपीडितका लागि जनउत्थान सहकारीले गर्‍यो ८ लाख सहयोग घोषणा

भोटेकोशी बाढीपीडितका लागि जनउत्थान सहकारीले गर्‍यो ८ लाख सहयोग घोषणा

images
  • भोटेकोशी बाढीपीडितका लागि जनउत्थान सहकारीले गर्‍यो ८ लाख सहयोग घोषणा
    images
    images

    रुपन्देही । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि जनउत्थान बचत तथा ऋण सहकारी संस्था, रुपन्देहीले ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त रकम उपलब्ध गराउने जनाएको छ । प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिए ।

    images
    images
    images

    "संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गरेको हो । संस्थाको साधारणसभाले विपत्तिका समयमा सहयोग गर्न सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो । सोही अख्तियारीअनुसार प्रत्येक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेका छौं" - अध्यक्ष पुनले भने ।

    images
    images
    images

    सहयोगअन्तर्गत संस्थाका ४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ संकलन गरिनेछ । त्यसैगरी संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापत १ लाख रुपैयाँ, संस्थाको तर्फबाट १ लाख ५५ हजार रुपैयाँ तथा कर्मचारीबाट एक दिनको तलबबापत १ लाख रुपैयाँ सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले जानकारी दिए ।

    संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग घोषणा गरिएको जनाएको छ । संकलित ८ लाख रुपैयाँ नेफ्स्कूनमार्फत सम्बन्धित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिने संस्थाले स्पष्ट पारेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनउत्थान सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।