Logo

२०८३, आश्विन ११गते


images
images

भोटेकोशी बाढी

नुवाकोट विदुर क्षेत्रको स्थलगत निरीक्षण पछि प्रधानमन्त्रीसहितको टोली काठमाडौँ फिर्ता

नुवाकोट विदुर क्षेत्रको स्थलगत निरीक्षण पछि प्रधानमन्त्रीसहितको टोली काठमाडौँ फिर्ता

images
  • नुवाकोट विदुर क्षेत्रको स्थलगत निरीक्षण पछि प्रधानमन्त्रीसहितको टोली काठमाडौँ  फिर्ता
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । 

    images
    images
    images

    आज बिहान ९: ३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    ​बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् ।

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

    सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई  निर्देशन दिएका थिए । स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।