Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बढी

भोटेकोशी बढीमा २८८ भारतीय नागरिक सम्पर्कविहीन

भोटेकोशी बढीमा २८८ भारतीय नागरिक सम्पर्कविहीन

images
  • भोटेकोशी बढीमा २८८ भारतीय नागरिक सम्पर्कविहीन
    images
    images

    काठमाडौँ । भारतले भोटेकोसीमा आएको बाढीमा अहिलेसम्म आफ्ना २८८ नागरिक सम्पर्कविहीन रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालको बाढीमा बेपत्ता भएका आफ्ना नागरिक बारे विवरण दिएको हो ।

    images
    images
    images

    भारतीय  विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सम्पर्कविहीन रहेका भारतीय नागरिकमध्ये ७३ जना त्रिशुली-१ जलविद्युत् आयोजनामा कार्यरत रहेको बताएका छन् । 

    images
    images
    images

    त्यस्तै सम्पर्कविहीन हुनेहरुमा कैलाश मानसरोवर यात्रामा गएका तमिलनाडुका ३७ र ४९ जनाको अलग अलग समूहमा सम्राट ट्राभल्स र फ्लाई एभरेस्ट ट्राभल्समार्फत यात्रामा गएका भारतीय नागरिक सम्पर्कमा नरहेको प्रवक्ता जैसवालले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यस्तै, पश्चिम बंगालका ३२ जना भारतीय नागरिक पनि सम्पर्कमा छैनन् । उनीहरूपनि सम्राट ट्राभल्सको सहयोगमा टिमुरेबाट सम्पर्कविहीन भएको उनले जनाएका छन् । यसका अतिरिक्त भारतका विभिन्न प्रदेशका ६१ जना नागरिक रिचा टुर्समार्फत नेपाल पुगेको र केरेलका ३३ जना भारतीय नागरिक पनि सम्पर्कविहीन रहेको उनले बताएका छन् । 

    भारत सरकार नेपाली अधिकारीहरूमार्फत आफ्ना नागरिकसम्म पहुँचको अधिकत्तम प्रयास गरिरहेको बताएको छ ।

    बिहीबार अपराह्न १ बजेसम्ममा २१ जना भारतीय नागरिकको सफल उद्धार समेत भएको उनले जानकारी दिएका छन् । उनीहरुलाई काठमाडौं ल्याइसकेपछि यथसक्य छिटो भारत ल्याइपुर्‍याउने तयारी रहेको जैसवालले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।