देवदह । भोटेकोशी वाढी प्रभावितका लागि देवदहका चार लायन्स क्लबले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख ८१ हजार २ सय ८५ सहयाेग गरेका छन् ।
लायन्स क्लब इन्टरनेसनल अन्तर्गत जोन १८ मा रहेका लायन्स क्लब अफ देवदह युनाइटेड, लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका सदस्यहरूबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएकाे जोन १८ का जोन चेयरपर्सन माधव आचार्यले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology