Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढी

विदेशी नागरिकका लागि परराष्ट्रले बनायो इमर्जेन्सी रेस्पोन्स टिम

विदेशी नागरिकका लागि परराष्ट्रले बनायो इमर्जेन्सी रेस्पोन्स टिम

images
  • विदेशी नागरिकका लागि परराष्ट्रले बनायो इमर्जेन्सी रेस्पोन्स टिम
    images
    images

    काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित तथा सम्पर्कविहीन विदेशी नागरिकको खोज तथा उद्धार, सूचना प्रमाणीकरण र कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (इमर्जेन्सी रेस्पोन्स टिम) गठन गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले तत्काल लागू हुने गरी गठन गरेको उक्त टोलीले बाढीबाट प्रभावित, बेपत्ता भएका वा घटनासँग अन्य कुनै रूपमा सम्बन्धित विदेशी नागरिकका विषयमा मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्नेछ ।

    images
    images
    images

    विदेशी नागरिकका सम्बन्धमा कुनै सूचना वा सहयोग आवश्यक परे आपत्कालीन प्रतिकार्य टोलीको हटलाइन तथा ह्वाट्सएप नम्बरहरु +९७७–९७४४४४१२२७ र +९७७-९७४४४४१२२८ वा इमेल : emergency@mofa.gov.np मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    यी सम्पर्क माध्यम बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछन् । मन्त्रालयले सम्बन्धित कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, हराइरहेका विदेशी नागरिकका परिवारजन तथा आम नागरिकलाई बाढीबाट प्रभावित वा घटनाका क्रममा सम्पर्कविहीन भएका विदेशी नागरिकसम्बन्धी कुनै सूचना भए माथि उल्लिखित नम्बर तथा इमेलमार्फत जानकारी गराउन आग्रह गरेको छ ।

    साथै, घटनासम्बन्धी अप्रमाणित सूचना सम्प्रेषण नगर्न र अद्यावधिक जानकारीका लागि आधिकारिक माध्यममा मात्र निर्भर रहन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले बाढीको अवस्था तथा खोज, उद्धार र अन्य प्रतिकार्यसम्बन्धी अद्यावधिक विवरण समयमै सार्वजनिक गर्दै जाने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।