Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन परराष्ट्रको आग्रह

इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन परराष्ट्रको आग्रह

images
  • इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन परराष्ट्रको आग्रह
    images
    images

    काठमाडौँ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । सोही सन्दर्भमा मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    images
    images
    images

    मन्त्रालयले जारी गरेको सूचनामा सम्बन्धित देशका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशन र सूचनालाई पूर्ण रूपमा पालना गर्न नेपाली नागरिकलाई अनुरोध गर्दै सकेसम्म घरभित्रै बस्न, सतर्क रहन तथा आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।

    images
    images
    images

    त्यस्तै, सम्बन्धित देशका अधिकारीको अनुमति बिना अनावश्यक यात्रा नगर्न पनि मन्त्रालयले सचेत गराएको छ । साथै काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन भनिएको छ ।

    images
    images
    images

    इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न कडा सुझाव दिइएको छ ।

    मध्यपूर्वका अन्य देशमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई पनि त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिन र सम्बन्धित देशका सुरक्षा निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # परराष्ट्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।