Logo

२०८३, आश्विन १०गते


images
images

परराष्ट्रमन्त्री खनालसँग अस्ट्रेलियन समकक्षी वोङको टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनालसँग अस्ट्रेलियन समकक्षी वोङको टेलिफोन वार्ता

images
  • परराष्ट्रमन्त्री खनालसँग अस्ट्रेलियन समकक्षी वोङको टेलिफोन वार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले टेलिफोन वार्ता गरेकी छन् ।

    images
    images
    images

    शुक्रबार भएको वार्तामा मन्त्री वोङले विपद्का कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कठिन अवस्थामा नेपाललाई सम्भव सबै सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्री खनालले अस्ट्रेलिया सरकार र त्यहाँका जनताले विपद्को यस कठिन घडीमा देखाएको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरेका थिए ।

    images
    images
    images

    उनले नेपाल सरकारले विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका छन् ।

    भोटेकोशीको बाढीमा अहिलेसम्म ३५ जना अस्ट्रेलियाका नागरिक पनि बेपत्ता रहेका छन् । त्यस्तै, अस्ट्रेलियाले नेपालको बाढीपछिको राहत र उद्धारको लागि ३५ लाख डलर सहयोग गर्ने यसअघि नै घोषणा गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।