Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । देवदह–७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीच वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्राचार्य कृष्णप्रसाद पौडेलले साना उमेरका विद्यार्थीलाई शिक्षण गर्दा शिक्षक र अभिभावक संयमित हुनुपर्ने बताए । विद्यार्थीको संवेगात्मक र शारीरिक विकासलाई ध्यान दिँदै उनीहरूका क्रियाकलापलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीको परीक्षा तथा मूल्याङ्कन पद्धतिबारे जिज्ञासा राखेका थिए । साथै आकस्मिक विपद् व्यवस्थापनमा विद्यालय थप चनाखो हुनुपर्नेमा पनि जोड दिएका थिए ।

    images
    images
    images

    कार्यक्रममा कक्षा २ का शिक्षक रञ्जना बानियाँ, पूजा काफ्ले, खिमकुमारी थापा र उमा सुनारले आफ्ना विद्यार्थीको समष्टिगत विवरण प्रस्तुत गरेका थिए ।

    ५० भन्दा बढी अभिभावकको सहभागिता रहेको कार्यक्रम प्राचार्य पौडेलको अध्यक्षता, सहप्राचार्य लेखनाथ काफ्लेको स्वागत तथा प्रावि संयोजक रस्सा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।