देवदह । देवदहस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा ५८औं अन्तराष्ट्रिय बालदिवस मनाईएको छ । सो अवसरमा विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका ३५० बढि विद्यार्थीहरुको सहभागीतामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संम्पन्न गरिएको छ ।
विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक अजय थापा मगरले दिएको जानकारी अनुसार प्ले गुप्रमा सम्पन्न सटिङ्ग विन्स एण्ड पिज प्रतियोगितामा बबिन क्षेत्री, मौसम ढेंगा र सवाल थापा क्रमस प्रथम द्धितिय र तृतीय भएका छन् ।
त्यसैगरि नर्सरी तर्फ सम्पन्न सोही प्रतियोगितामा सौगात पाण्डे, गगन वि.क र प्रज्वल वि.क क्रमस प्रथम, द्धितिय र तृतीय भएका छन् ।
एल.के.जी कक्षामा सम्पन्न गणीतीय दौड प्रतियोगितामा सम्राट क्षेत्री प्रथम, मोसु गुरुङ्ग द्धितिय र डेनिस मल्लले तृतीय स्थान हासिल गरेका छन । त्यसै गरि यू.के.जी कक्षामा संचालन गरिएको सोही प्रतियोगितामा स्यामूल दर्जी, जेनिसा कंडेल र डेनिस मल्लले क्रमश प्रथम द्धितिय र तृतीय स्थान हासिल गरेका छन भने कक्षा १ तर्फको समुहमा लविशा चापागाई, इप्सु पोखरेल र दिपशिखा थापाले क्रमश प्रथम, द्धितिय र तृतीय स्थान हासिल गरेका छन् ।
साथै कक्षा २ मा सम्पन्न स्वीट रेस प्रतियोगितामा छात्र तर्फ दोना थापा, मन्दीप वि.क र आयूस थापा र छात्रातर्फ स्वस्तीका क्षेत्री, सलीना पुन र अस्मीता पुरी र कक्षा ३ मा सम्पन्न सोही प्रतियोगितामा छात्र तर्फ हिमांशु थापा, विवस घर्ती मगर र अविश्कार वि.क.छात्रातर्फ रुवी गीरी अनुस्का सापकोटा र सुस्मा थापाले क्रमश प्रथम द्धितिय र तृतीय स्थान हासिल गरेका छन् ।
कार्यक्रमलाई संवोधन गर्दै विद्यालयका प्राचार्यले बालबालिका देशको भविस्य भएकाले उनीहरुको चौतर्फी विकासमा घर परिवार र राष्ट्रले आ–आफ्नो क्षेत्रवाट विषेश भूमीका निभाउनु पर्ने वताए ।
तहगत संयोजक अमृता पाण्डे र कक्षा शिक्षकहरुको सक्रियतामा उक्त कार्यक्रमहरु सम्पन्न भएका हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology