Logo

२०८३, आश्विन ९गते


images
images

इन्टर मियामीको जितमा मेसीको चार गोल

इन्टर मियामीको जितमा मेसीको चार गोल

images
  • इन्टर मियामीको जितमा मेसीको चार गोल
    images
    images

    काठमाडौँ । अमेरिकी मेजर लिग सकर अन्तर्गत भएको खेलमा इन्टर मियामीले मोन्ट्रियललाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । इन्टर मियामीको शानदार जितमा कप्तान लियोनल मेसीले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इन्टर मियामीका लागि कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि मोन्ट्रियलका फाबियन हर्बर्सले गोल गर्दै खेल बराबरीमा ल्याए पनि त्यसपछि इन्टर मियामीले लगातार गोल थपेको थियो ।

    images
    images
    images

    मेसीले पहिलो हाफमै गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा उनले थप तीन गोल गर्दै आफ्नो व्यक्तिगत गोल सङ्ख्या चार पुर्‍याएका थिए ।

    images
    images
    images

    मेसीको उत्कृष्ट प्रदर्शनसँगै लुइस स्वरेज र अलेजेन्डर शहले एक एक गोल गरेका थिए । मोन्ट्रियलको रक्षापंक्ति मियामीको लगातार आक्रमण रोक्न असफल भएपछि खेल ७-१ को फराकिलो अन्तरमा पुगेको थियो ।

    यस जितसँगै इन्टर मियामीले महत्वपूर्ण तीन अंक जोडेको छ। पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मियामीका लागि मोन्ट्रियलविरुद्धको फराकिलो जितले टोलीको मनोबल बढाएको छ ।

    यो जितपछि इन्टर मियामीको एमएलएसको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४२ अंकसहित दोस्रो स्थानमा छ भने मोन्ट्रियलको २२ खेलमा २१ अंक रहेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्टर मियामी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।