Logo

२०८३, आश्विन १०गते


images
images

हेटौँडामा माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते

हेटौँडामा माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते

images
  • हेटौँडामा माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
    images
    images

    हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा विद्युतीय माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

    images
    images
    images

    आइतबार दिउँसो काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको यात्रुवाहक विद्युतीय माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमो ठोक्किएका हुन् ।

    images
    images
    images

    दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा माइक्रो चालकसहित माइक्रोमा सवार ५ जना गरी ११ जना घाइते भएको र घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ११ जना घाइते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।