देवदह । भोटेकोशी बाढीको विपत्तिका कारण हुनसक्ने रक्त अभावलाई ध्यानमा राख्दै देवदहमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट १२९ पिन्ट रगत संकलन भएको छ । खैरेनी चोकमा संचालित कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने ३३ जनासहित १२९ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज देवदहका अध्यक्ष पवन पौडेलले जानकारी दिए ।
भोटेकोशी बाढीका कारण उत्पन्न हुन सक्ने विपत्ति तथा त्यसपछिको सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्णबहादुर चौहानसहित स्थानीयस्तरमा क्रियाशील संघसंस्था र राजनीतिक दलका नेताका कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागीता रहेको थियो ।
देवदहमा क्रियाशील सम्पूर्ण संघसंस्थाको आयोजना रहेको कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज, देवदहले संयोजन गरेको थियो । जसमा रक्तसंचार सेवा केन्द्र भैरहवा र नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको प्राविधिक सहयोग रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology