Logo

२०८३, आश्विन ३गते


images
images

कलिवुड

चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित

चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित

images
  • चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ ।

    images
    images
    images

    निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै गत भदौ १० गते आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देशको एक भूगोल विपत्तिमा परेका बेला सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माण पक्षले जनाएको छ ।

    images
    images
    images

    यसअघि आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र अब मंसिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति परिवर्तनबाट दर्शक, चलचित्र प्रदर्शक, वितरक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमा मागेको छ ।

    images
    images
    images

    यसैबीच, ‘बा : एक योद्धा’ परिवारका तर्फबाट २ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको निर्माण पक्षले जनाएको छ ।

    राष्ट्र शोकमा रहेका बेला सबै नेपालीलाई आफ्नो तर्फबाट राहत तथा उद्धार कार्यमा सहयोग गर्न निर्माण पक्षले आग्रहसमेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।