Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढी

सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह

सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह

images
  • सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार बाढीपछि फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षणमार्फत पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना नजिकको रक्तसम्बन्धीको ताजा रगतको नमुना आवश्यक पर्नेछ ।

    images
    images
    images

    नमुना दिन चाहने परिवारले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।

    images
    images
    images

    विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डिएनए परीक्षण गराई त्यसको विद्युतीय प्रतिलिपि तुलना प्रयोजनका लागि नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

    बाढीपछि पहिचान हुन नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक विधिबाट पहिचान गर्न डिएनए परीक्षण गरिने भएकाले सम्बन्धित परिवारलाई आवश्यक प्रक्रिया पूरा गर्न प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिएनए परीक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।