काठमाडौं । देशमा आइपरेको विनाशकारी प्राकृतिक विपद्का पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले ‘प्रधानमन्त्री राहत कोष’मा ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले वरिष्ठ व्यवस्थापन टोलीसहित सोमबार एक कार्यक्रमका बीच अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।
यसका साथै ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रुपन्देही (भैरहवा) का प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूका लागि अस्थायी आश्रय निर्माण गर्न २५ लाख बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको जनाएको छ ।
ग्रुपले राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको र भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology