Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्री बिनाको सर्वदलीय बैठकको औचित्य छैन : भीम रावल

प्रधानमन्त्री बिनाको सर्वदलीय बैठकको औचित्य छैन : भीम रावल

images
  • प्रधानमन्त्री बिनाको सर्वदलीय बैठकको औचित्य छैन : भीम रावल
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्रीको उपस्थिति नरहेको सर्वदलीय बैठकको कुनै औचित्य नहुने बताएका छन् ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भदौ १६ गते दिउँसो सर्वदलीय बैठक बोलाएको समाचार सुनेको भन्दै रावलले भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट उत्पन्न गम्भीर समस्या र चुनौती सामना गर्न सर्वदलीय बैठक बस्नु सकारात्मक भएको बताएका छन् ।

    images
    images
    images

    तर विपद्को सामना गर्ने मुख्य जिम्मेवारी राज्यको नेतृत्व गर्ने प्रधानमन्त्रीको भएकाले बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ । यसअघि पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएको उल्लेख गर्दै उनले यसपटक पनि प्रधानमन्त्री अनुपस्थित हुने हो भने बैठक र त्यसबाट बनाइने सर्वदलीय संयन्त्रको कुनै औचित्य नहुने बताएका छन् ।

    images
    images
    images

    रावलले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारले विपद्को सामना गर्न राष्ट्रिय एकताका साथ अघि बढ्न चाहेको हो भने बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्री अनिवार्य रूपमा सहभागी हुनुपर्ने बताएका छन् ।

    बैठकमा सहभागी हुने राजनीतिक दलका नेताहरूले पनि यस विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने उनको आग्रह छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।