बुटवल । निर्माण कम्पनी श्रीकृष्ण कन्स्ट्रक्सनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।
रुपन्देहीको सैनामैनामा किन्द्रीय कार्यालय रहेको कम्पनीले मङलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको कम्पनीका प्रबन्ध निर्देशक नेत्र प्रसाद घिमिरेले जानकारी दिए ।
उनले गत बुधबार बिहान चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
कन्सट्रक्सनका संचालक मिना घिमिरे र इन्जिनियर विशाल घिमिरेले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्याउन सबैमा आग्रह गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology