Logo

२०८३, आश्विन ९गते


images
images

संसदमा प्रधानमन्त्री

जनताको जीवनरक्षामा लडिरहेका छौं- प्रधानमन्त्री शाह

जनताको जीवनरक्षामा लडिरहेका छौं- प्रधानमन्त्री शाह

images
  • जनताको जीवनरक्षामा लडिरहेका छौं- प्रधानमन्त्री शाह
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपछि सरकार जनताको जीवनरक्षामा लडिरहेको बताएका छन् । 

    images
    images
    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको घडीमा दृढ संकल्पका साथ सरकार जनताको जीवन रक्षमा लडिरहेको बताएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीपछि सरकारले गरेका कामको विवरण संसदमा जानकारी दिएका थिए । उनले खोज उद्धार र राहतलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको बताउदै बाढीको दोस्रो दिन आफै नुवाकोट पुगेर स्थलगत अनुगमन समेत गरेको जानकारी दिए ।

    images
    images
    images

    उनले प्रधानमन्त्री राहत कोषमा सहयोग आउने क्रम जारि रहेको बताउदै अहिलेसम्म ७ अर्ब ८८ करोड ५७ लाख जम्मा भएको जानकारी दिए ।

    प्रधानमन्त्री शाहले बाढी प्रभावितका लागि सहयोगमा अन्तर्राष्ट्रिय सहयोग पनि उल्लेख्य प्राप्त भइरहेको भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारहरुले पनि सहयोग गरिरहेको संसदमा जानकारी दिएका छन् । उनले बाढी प्रभावित क्षेत्रमा ९६ प्रतिशत संचार सेवा पुनर्स्थापित भएको बताए ।

    अहिले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक प्रसारण मार्फत विद्युत आपूर्ति गरिएको र क्रमश सबै स्थानमा विद्युत पुन: आपूर्ति गरिने उनले संसदमा जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले बाढीले बगाएका पुललाई पुन: निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको बताउदै बेलिब्रिज पुल छिटै निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले हामीले जलवायु परिवर्तनका कारण भोगेको असर बारे सचेत हुनैपर्ने बताउदै यस बारेमा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउने बताए ।

    प्रधानमन्त्री शाहले यो विपद पूर्वानुमान भन्दा बाहिरको कुरा भएको बताउदै मानव सभ्यताकै ठुलो विपद भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।