काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३३ वर्षीय यज्ञबहादुर तामाङ र काठमाडौं महानगरपालिका-४ बस्ने ३० वर्षीय सुजेन घर्तीमगर रहेका छन्।
तामाङले मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ तथा घर्तीमगरले हंगेरी पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ५ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology