Logo

२०८३, आश्विन ९गते


images
images

नेपालले आज एसीसी प्रिमियर कपमा मलेसियासँग खेल्दै

नेपालले आज एसीसी प्रिमियर कपमा मलेसियासँग खेल्दै

images
  • नेपालले आज एसीसी प्रिमियर कपमा मलेसियासँग खेल्दै
    images
    images

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज मलेसियासँग खेल्दै छ । 

    images
    images
    images

    नेपाली समय अनुसार आज बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुदैछ ।

    images
    images
    images

    नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । त्यस्तै मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।

    images
    images
    images

    त्यस्तै, नेपाल रहेको समुह ए मा नेपाल र मलेसियासहित हङकङले पनि आफ्नो पहिलो खेल जितेको छ । त्यस्तै साउदी अरेबियाले आफ्ना दुवै खेल गुमाएको छ भने बहराइनले पहिलो खेलमा हार बेहोरेको छ ।  

    नेपालले यसखेलपछि तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।