काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै दुबई पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने महोत्तरीको बलवा नगरपालिका-९ का ४० वर्षीय अंसगर नदाफ रहेका छन् ।
नदाफले दुबई पठाइदिने भन्दै दुई जना पीडितबाट ३ लाख १२ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका नदाफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology