Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी-त्रिशूली बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी-त्रिशूली बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

images
  • भोटेकोशी-त्रिशूली बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन
    images
    images

    काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको हो ।

    images
    images
    images

    उनले आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए । यसअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि, पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्र समेटिएका छन् ।

    images
    images
    images

    खोज तथा उद्धार कार्य अझै जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोजी, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। बाढीका कारण सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि अभियान जारी रहेको उनले बताएका छन् ।

    प्राधिकरणका अनुसार काठमाडौंसहित विभिन्न २१ स्थान र थपिएका शिविरमा खाद्य तथा राहत सामग्री पठाउने काम भइरहेको छ । भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको गुनासो सम्बोधन गर्न थप प्रयास भइरहेको जनाइएको छ ।

    प्रारम्भिक क्षतिको विवरणलाई थप विस्तृत क्षति मूल्यांकन तथा विपद्पछिको आवश्यकता मूल्यांकनमार्फत स्पष्ट पारिने प्राधिकरणले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी नदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।