Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन गर्न समझदारी

पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन गर्न समझदारी

images
  • पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन गर्न समझदारी
    images
    images

    पोखरा । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्न पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images
    images

    आगामी सेप्टेम्बर २३ देखि सञ्चालनमा आउने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिका र दुबई एभिएसन कर्पोरेसनअन्तर्गतको फ्लाईदुबईबीच समझदारी गरिएको हो ।

    images
    images
    images

    अगस्ट २७ मा भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधिका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईंले हस्ताक्षर गरेका थिए। समझदारीपत्र एक महिनासम्म लागू हुने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    पोखरा–दुबई हवाई सेवा सञ्चालन भएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    महानगरपालिका र फ्लाईदुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।