Logo

२०८३, आश्विन ३गते


images
images

इरान-अमेरिका तनाव

अमेरिकाले इरानी तेल ट्यांकरमा मिसाइल प्रहार गरेको दाबी, तनाव बढ्दै

अमेरिकाले इरानी तेल ट्यांकरमा मिसाइल प्रहार गरेको दाबी, तनाव बढ्दै

images
  • अमेरिकाले इरानी तेल ट्यांकरमा मिसाइल प्रहार गरेको दाबी, तनाव बढ्दै
    images
    images

    काठमाडौँ । अमेरिकाले शनिबार खार्ग टापुनजिकै इरानी तेल बोकेको ट्यांकरलाई लक्षित गरी चार वटा मिसाइल प्रहार गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको बताइएको छ ।

    images
    images
    images

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत आणविक केन्द्र ‘पिकैक्स माउन्टेन’मा गतिविधि देखिए तत्काल ठूलो आक्रमण गर्न सकिने चेतावनी दिएका छन् । उनले इरानविरुद्धको अमेरिकी सैन्य अभियानको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु रहेको बताएका छन् ।

    images
    images
    images

    खार्ग टापु होर्मुज जलडमरूमध्य नजिकै रहेको र त्यहाँबाट इरानको ठूलो हिस्सा तेल निर्यात हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले विश्व बजारमा तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ । होर्मुज जलडमरूमध्यबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने गरेको छ ।

    images
    images
    images

    इरानले भने अमेरिकी आक्रमणको कडा विरोध गर्दै आफ्नो सार्वभौमिकता उल्लङ्घन गरेको आरोप लगाएको छ । इरानले अमेरिकी सैन्य संरचनालाई लक्षित गरी जवाफी कारबाही गरेको जनाएको छ । अमेरिकाले भने आफ्ना आक्रमण नागरिकलाई लक्षित नगरेको दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।