Logo

२०८३, आश्विन ९गते


images
images

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी

images
  • हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी
    images
    images

    काठमाडौँ । इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

    images
    images
    images

    गए राति भएको खेलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई १–० गोलले पराजित गरेको थियो । इतिहाद रंगशालामा भएको खेलमा सिटीका लागि हालान्डले २६औँ मिनेटमा गोल गरेका थिए ।

    images
    images
    images

    एन्टोइन सेमेन्कोले उपलब्ध गराएको उत्कृष्ट पासमा हालान्डले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। यही गोल खेलको निर्णायक बनेको थियो । 

    images
    images
    images

    हालान्डका लागि यो क्लब फुटबलमा ३००औँ गोलसमेत बनेको थियो । उनले प्रिमियर लिगमा नयाँ सिजनको तेस्रो गोल गरेका छन् । 

    खेलमा म्यानचेस्टर सिटीले बलमाथि अधिकांश समय नियन्त्रण राखे पनि कोभेन्ट्रीले दोस्रो हाफमा केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्माले महत्वपूर्ण बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए । म्यानचेस्टर सिटीका लागि एन्जो फर्नान्डेजले क्लबमा पहिलो खेल खेलेका थिए । नयाँ खेलाडीका रूपमा मैदानमा उत्रिएका फर्नान्डेजले हालान्डको गोल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    यो जितसँगै म्यानचेस्टर सिटीले लिगका सुरुआती तीनवटै खेल जित्दै नौ अंक जोडेको छ । कोभेन्ट्री भने लगातार तेस्रो खेलमा पराजित हुँदै अंकविहीन रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इर्लिङ हालान्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।