Logo

२०८३, आश्विन ९गते


images
images

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ६ विमानस्थल बन्द, सयौँ उडान प्रभावित

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ६ विमानस्थल बन्द, सयौँ उडान प्रभावित

images
  • इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ६ विमानस्थल बन्द, सयौँ उडान प्रभावित
    images
    images

    काठमाडौँ । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि ज्वालामुखीको खरानीका कारण आइतबार ६ वटा विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ ।

    images
    images
    images

    राजधानी जकार्ताको सोकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ३०१ उडान प्रभावित भएका छन् ।

    images
    images
    images

    विमानस्थलका अनुसार प्रभावित उडानमध्ये ५८ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन्। खरानीका कारण विमानस्थलमा दिउँसो १: ३० बजेसम्म उडान रोकिएको थियो । सिङ्गापुर एयरलाइन्सले पनि जकार्ताबाट हुने तथा जकार्ता आउने दिनभरिका उडान रद्द गरेको जनाएको छ ।

    images
    images
    images

    जाभा र सुमात्राबीच रहेको अनाक क्राकाटाउमा शुक्रबार रातिदेखि निरन्तर विस्फोट भइरहेको छ । ज्वालामुखीको खरानी जाभातर्फ करिब ६ हजार मिटर र सुमात्रातर्फ १५ हजार मिटरसम्म पुगेको अधिकारीहरूले बताएका छन् । खरानीका कारण केही विद्यालयका गतिविधि रोकिएका छन् भने माछा मार्ने कामसमेत प्रभावित भएको छ ।

    इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले खरानी हटाउन वर्षा गराउने उद्देश्यले मौसम परिवर्तनसम्बन्धी अभियान सञ्चालन गर्ने जनाएको छ । सर्वसाधारणलाई मास्क र आँखाको सुरक्षा प्रयोग गर्न, बाहिर निस्कने काम घटाउन तथा सवारी चलाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकारीहरूले ज्वालामुखीका कारण तत्काल सुनामीको जोखिम नरहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।