Logo

२०८३, आश्विन ३गते


images
images

अपराध

७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

images
  • ७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
    images
    images

    म्याग्दी । बेनी नगरपालिका-२, खबराकी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले सोमबार बिहान करिब ११: ३० बजे धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनापछि बरुवाल फरार भएका थिए ।

    images
    images
    images

    घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बेनी नगरपालिका-२ हाडेभिरमा भाग्दै गरेको अवस्थामा बरुवाललाई फेला पारेर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    images
    images
    images

    घटनाबारे थप अनुसन्धान तथा प्रमाण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।