Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाललाई माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले टेलिफोन गरी नेपालप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

    images
    images
    images

    सोमबार दिउँसो टेलिफोन कुराकानीका क्रममा आदमले दुःखको यस घडीमा माल्दिभ्स सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै ऐक्यबद्धता जनाएकी थिइन् ।

    images
    images
    images

    मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति माल्दिभ्स सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा सहयोगप्रति गहिरो आभार व्यक्त गरेका थिए ।

    images
    images
    images

    दुवै विदेशमन्त्रीले जलवायु परिवर्तनबाट जोखिममा रहेका देशहरूले सामना गरिरहेका साझा चुनौतीका विषयमा समेत छलफल गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्याय अघि बढाउन र जलवायु परिवर्तनविरुद्ध थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।