Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

जगुआर ल्यान्ड रोभरले ४ हजार कर्मचारी कटौती गर्ने

जगुआर ल्यान्ड रोभरले ४ हजार कर्मचारी कटौती गर्ने

images
  • जगुआर ल्यान्ड रोभरले ४ हजार कर्मचारी कटौती गर्ने
    images
    images

    काठमाडौँ । चिनियाँ गाडी निर्मातासँगको बढ्दो प्रतिस्पर्धा, अमेरिकी आयात शुल्क र विद्युतीय गाडीमा रूपान्तरणको चुनौतीका कारण जगुआर ल्यान्ड रोभरले आगामी दुई वर्षमा ४ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीले कर्मचारी कटौतीमार्फत दुई वर्षमा १ अर्ब ७० करोड पाउन्ड बचत गर्ने लक्ष्य राखेको छ । सकेसम्म स्वेच्छिक अवकाशमार्फत कर्मचारी संख्या घटाइने र आवश्यक परे अनिवार्य अवकाशसमेत दिइने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    अमेरिकी आयात शुल्कका साथै चीनका गाडी निर्माता कम्पनीसँगको प्रतिस्पर्धाले बिक्रीमा असर परेको कम्पनीको भनाइ छ। गत वर्ष भएको साइबर आक्रमणका कारण एक महिनाभन्दा बढी समय उत्पादन बन्द हुँदा समस्या थपिएको थियो ।

    images
    images
    images

    पूर्व बिएमडब्ल्यू निर्देशक इयान रोबर्टसनले अमेरिकामा उत्पादन कारखाना स्थापना गर्न ढिला गरेको र विद्युतीय गाडी उत्पादनमा पनि कम्पनी पछाडि परेको बताएका छन् । बेलायती सरकारले भने रोजगारी कटौती कम गर्न कम्पनीसँग छलफल गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ल्यान्ड रोभर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।