Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रिमियर कपमा आज नेपालको सामना हङकङ चाइनासँग खेल्दै

एसीसी प्रिमियर कपमा आज नेपालको सामना हङकङ चाइनासँग खेल्दै

images
  • एसीसी प्रिमियर कपमा आज नेपालको सामना हङकङ चाइनासँग खेल्दै
    images
    images

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज हङकङ चाइनासँग खेल्दैछ । 

    images
    images
    images

    नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ ।

    images
    images
    images

    नेपालले यसअघि खेलेका तिनै खेलमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै हङकङ चाइनाले भने यस अघि खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ । हङकङ चाइनाले साउदी अरेबिया र मलेसियालाई पराजित गरेको थियो भने बहराइनसँग पराजित भएको थियो । हङकङ चाइनाका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ  । 

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।