Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिग

च्याम्पियन्स लिगमा ३६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुदै, आर्सनल र बार्यन प्रमुख दाबेदार

च्याम्पियन्स लिगमा ३६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुदै, आर्सनल र बार्यन प्रमुख दाबेदार

images
  • च्याम्पियन्स लिगमा ३६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुदै, आर्सनल र बार्यन प्रमुख दाबेदार
    images
    images

    काठमाडौँ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको २०२६/२७ सिजन आजदेखि सुरु हुदैछ । आगामी वर्ष जुन ५ मा स्पेनको म्याड्रिडमा हुने फाइनलबाट यस सिजनको विजेताको टुंगो लाग्नेछ ।

    images
    images
    images

    गत सिजनको विजेता पिएसजी लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने पिएसजीलाई रोक्न इङ्ल्यान्डका पाँच टोली मैदानमा उत्रिएका छन् । गत सिजन उपविजेता बनेको आर्सनललाई यसपटक उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

    images
    images
    images

    यस सिजन च्याम्पियन्स लिगको लिग चरणमा आर्सनल, एस्टन भिल्ला, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, बार्सिलोना, एट्लेटिको म्याड्रिड, रियल बेटिस, भिल्लारियल, बार्यन म्युनिख, बोरुसिया डर्टमन्ड, आरबी लाइपजिग, स्टुटगार्ट, इन्टर मिलान, नापोली, रोमा, कोमो, पिएसजी, लिल, लेन्स, पोर्टो, स्पोर्टिङ, पिएसभी आइन्डहोभेन, फेयनुर्ड, फेनरबाह्चे, गालातासारे, बोडो ग्लिम्ट, भाइकिन्ग, एइके एथेन्स, लास्क, साबाह, क्लब ब्रुग, स्लाभिया प्राग, स्लोभान ब्रातिस्लाभा र शाख्तर डोनेत्स्क सहभागी छन् ।

    images
    images
    images

    प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले आठ फरक टोलीसँग खेल्नेछ । चार खेल आफ्नै मैदानमा र चार खेल विपक्षीको मैदानमा हुनेछन् । लिग चरणको शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्नेछन् भने नवौँदेखि २४औँ स्थानसम्म रहने टोलीले अन्तिम १६ मा पुग्न अतिरिक्त चरण खेल्नेछन्। २५औँ वा त्यसभन्दा तल रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।

    तथ्यांक विश्लेषण गर्ने संस्था ओप्टाका अनुसार गत सिजनको उपविजेता आर्सनल यसपटक च्याम्पियन्स लिग जित्ने सबैभन्दा बलियो दाबेदार देखिएको छ । आर्सनलको उपाधि जित्ने सम्भावना २०.४ प्रतिशत आँकलन गरिएको छ । बार्यन म्युनिखको सम्भावना २० प्रतिशत रहेको छ ।

    २०२३ को विजेता म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना १२.७ प्रतिशत रहेको छ भने लगातार तेस्रोपटक युरोपियन उपाधि जित्ने लक्ष्यमा रहेको पिएसजीको सम्भावना ७.३ प्रतिशत आँकलन गरिएको छ । इङ्ल्यान्डका पाँचै टोली उपाधि जित्ने सम्भावनाका आधारमा शीर्ष १० भित्र परेका छन् । उनीहरू सबैले अन्तिम १६ मा पुग्ने ५० प्रतिशतभन्दा बढी सम्भावना बोकेका छन् ।

    ओप्टाका अनुसार लिभरपुलले लिग चरणमा तुलनात्मक रूपमा सहज खेलतालिका पाएको छ । आर्सनलले रियल म्याड्रिड र बार्यन म्युनिखजस्ता बलिया टोलीसँग खेल्नुपर्ने भए पनि प्रतियोगिताका तुलनात्मक रूपमा कमजोर टोली साबाह र स्लोभान ब्रातिस्लाभासँग पनि खेल्नेछ ।

    म्यानचेस्टर सिटीले इङ्ल्यान्डका टोलीमध्ये सबैभन्दा कठिन खेलतालिका पाएको छ । उसले रियल म्याड्रिड समूहबाट नभई पहिलो समूहका बार्सिलोना र पिएसजी तथा तेस्रो समूहको नापोलीसँग खेल्नुपर्नेछ ।

    गत सिजन आर्सनल लिग चरणमा शीर्ष स्थानमा रहेको थियो । त्यतिबेला सबैभन्दा कठिन खेलतालिका पाएको बार्यन म्युनिख दोस्रो स्थानमा रहेको थियो ।

    फुटबल विश्लेषक जुलियन लरेन्सले पिएसजीले लगातार तेस्रोपटक उपाधि जित्नु निकै कठिन हुने बताएका छन् । उनका अनुसार पिएसजी कम्तीमा सेमिफाइनलसम्म पुग्न सक्ने भए पनि लगातार तीनपटक उपाधि जित्नु कठिन चुनौती हुनेछ  । लरेन्सले बार्यन म्युनिख र आर्सनल फाइनलमा पुग्ने सम्भावना रहेको बताउँदै आर्सनललाई उपाधिको विजेता मानेका छन्। आर्सनलको बलियो रक्षापंक्ति नै उपाधि जित्ने मुख्य आधार बन्न सक्ने उनको भनाइ छ ।

    अर्का फुटबल विश्लेषक गिलेम बालागेले भने पिएसजी फेरि उपाधिको निकै नजिक पुग्ने बताएका छन् । उनका अनुसार प्रशिक्षक लुइस एन्रिकेको नेतृत्वमा पिएसजीले आक्रामक खेल र निरन्तर दबाबमा आधारित शैलीलाई निरन्तरता दिएको छ । बालागेका अनुसार बार्सिलोना पनि उत्कृष्ट लयमा रहेको छ। टोलीलाई अर्को केन्द्रिय रक्षक र अग्रपंक्तिमा एक मुख्य स्ट्राइकर आवश्यक भए पनि प्रशिक्षक हान्सी फ्लिकले टोलीलाई शीर्ष स्तरतर्फ अघि बढाइरहेको उनको विश्लेषण छ ।

    आर्सनलले नियमित रूपमा जित्ने क्षमता विकास गरिसकेको र त्यसले खेलाडीहरूलाई थप आत्मविश्वास दिएको बालागेले बताएका छन् । उनका अनुसार पिएसजी, बार्सिलोना र आर्सनल सेमिफाइनलका प्रमुख दाबेदार हुन् । चौथो टोलीका रूपमा बायर्न म्युनिख, रियल म्याड्रिड वा म्यानचेस्टर सिटीमध्ये एक टोली अन्तिम चारमा पुग्न सक्ने उनको अनुमान छ ।

    यस सिजन च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको पिएसजीसँगै आर्सनल, बार्यन म्युनिख, बार्सिलोना, रियल म्याड्रिड र म्यानचेस्टर सिटीलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। उपाधिको अन्तिम भिडन्त भने आगामी जुन ५ मा म्याड्रिडमा हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।