Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल

images
  • प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

    images
    images
    images

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिका साथै खोज, उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा जानकारी लिन प्रधानमन्त्री शाहले छलफल थालेका हुन् ।

    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।

    images
    images
    images

    प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत र उपचारका कामबारे विस्तृत जानकारी लिएर आवश्यक निर्देशन दिने तयारी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।