Logo

२०८३, कार्तिक २६गते


images
images

यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

images
  • यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह
    images

    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी, कर्णाली, महाकालीसहित प्रमुख नदी तथा सहायक नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढीको जोखिम रहेको छ ।

    images
    images
    images

    यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला, बैतडी तथा आसपासका जिल्लामा समेत सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images
    images

    महाशाखाले आजदेखि आगामी दुई दिनसम्म अधिकांश नदीमा जलसतह बढ्ने र केही साना नदीमा बहाव अचानक बढ्न सक्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।