काठमाडौं । आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादन बिक्रीबाट तीन दिनमा संकलित ५० लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरिएको छ ।
आईविवी अष्ट्रेलियाको आधिकारिक नेपाल वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफ सहभागी थिइन् ।
चेक हस्तान्तरण गर्दै सर्राफले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न पाएकोमा गौरव लागेको बताइन् । उनले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासका कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताइन् ।
उनले सहयोग रकम आईविवीको मात्र नभई उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर र डिलरको समेत हिस्सा रहेको बताइन् ।
“यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो । यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ,” सर्राफले भनिन् ।
सर्राफले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्तालाई ‘मामुहरू’ भन्दै सहयोगका लागि धन्यवाद दिइन् । उपभोक्ताको साथबिना राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव नहुने उनको भनाइ छ ।
“हिजोका दिनमा आईविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन,” उनले भनिन् ।
सर्राफले राहत अभियानको सुत्रधार बन्न पाउँदा आफूलाई गर्व लागेको बताउँदै विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology