Logo

२०८३, आश्विन १०गते


images
images

त्रिशूली बजार क्षेत्रमा नदीमा ह्युम पाइप राखेर अस्थायी आवतजावत सहज बनाइने

त्रिशूली बजार क्षेत्रमा नदीमा ह्युम पाइप राखेर अस्थायी आवतजावत सहज बनाइने

images
  • त्रिशूली बजार क्षेत्रमा नदीमा ह्युम पाइप राखेर अस्थायी आवतजावत सहज बनाइने
    images
    images

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान गर्न ह्युम पाइप राख्ने तयारी गरिएको छ ।

    images
    images
    images

    यसअघि गरिएको प्राविधिक अध्ययनअनुसार विदुर नगरपालिका–१ ढुङ्गेस्थित कृषि विकास कार्यालय र वडा कार्यालयको पछाडिपट्टि नदीका दुवै किनारमा रहेका ठूला ढुङ्गाको बीचमा ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावत सञ्चालन गर्न सकिने देखिएको थियो ।

    images
    images
    images

    नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाका प्राविधिक अधिकृत, पूर्वाधार विकास कार्यालयका प्रमुख सुजन थापा, विभिन्न वडाका अध्यक्ष तथा निर्माण व्यवसायीको उपस्थितिमा भएको छलफलपछि ह्युम पाइप राख्ने काम अघि बढाउने निर्णय भएको हो ।

    images
    images
    images

    निर्माणमा सहभागी हुन इच्छुक निर्माण कम्पनीलाई प्राविधिक अध्ययनसहितको कार्यतालिका पेस गर्न कार्यादेश दिइएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । निर्माण व्यवसायीलाई तीन दिनभित्र ह्युम पाइप राख्न सकिने अवस्था, आवश्यक प्राविधिक व्यवस्था र काम सम्पन्न गर्ने समयसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

    ह्युम पाइप राखिएमा त्रिशूली नदी वारपार गर्न भइरहेको कठिनाइ तत्काल केही सहज हुने र सर्वसाधारणको आवतजावतमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।