Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

विदुर नगरपालिकामा हैजाविरुद्ध खोप अभियान सञ्चालन

विदुर नगरपालिकामा हैजाविरुद्ध खोप अभियान सञ्चालन

images
  • विदुर नगरपालिकामा हैजाविरुद्ध खोप अभियान सञ्चालन
    images
    images

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित विदुर नगरपालिकामा हैजाको संक्रमण फैलिन नदिन हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

    images
    images
    images

    भदौ २५ गतेदेखि सुरु भएको खोप अभियान भदौ २९ गतेसम्म नगरपालिकाका सबै वडाका खोप केन्द्रबाट सञ्चालन हुनेछ । एक वर्ष उमेर पूरा भएका सबै बालबालिका तथा अन्य व्यक्तिले खोप लगाउन सक्नेछन् ।

    images
    images
    images

    बाढी प्रभावित क्षेत्रमा दूषित पानी तथा खानेकुराबाट हैजा फैलिन सक्ने जोखिम रहेकाले संक्रमण रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको हो। अभियानमा नगरप्रमुख राजन श्रेष्ठसमेत सहभागी भएका छन् ।

    images
    images
    images

    नगरप्रमुख श्रेष्ठले हैजाको संक्रमणबाट जोगिन सबै नगरवासीलाई अभियानमा सहभागी भएर खोप लगाउन आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।