Logo

२०८३, आश्विन १०गते


images
images

'साना किसान सहकारीमा प्रविधिसंगै युवालाई जोड्नुपर्ने'

'साना किसान सहकारीमा प्रविधिसंगै युवालाई जोड्नुपर्ने'

images
  • 'साना किसान सहकारीमा प्रविधिसंगै युवालाई जोड्नुपर्ने'
    images
    images

    देवदह । साना किसान विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालयका कार्यकारी प्रमुख वासु अधिकारीले साना किसान कृषि सहकारी संस्थाले प्रविधिको प्रयोगसँगै युवालाई जोडेर अघि बढ्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    साना किसान कृषि सहकारी संस्था देवदह-६ को अवलोकनका क्रममा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै अधिकारीले प्रविधिको प्रयोगबिना सहकारी संस्थाको विकास सम्भव नहुने बताए । उनले समयअनुकूल नीति निर्माण गर्दै रणनीतिक योजना बनाएर त्यसको कार्यान्वयनमा युवालाई जोड्न सके आमनागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए ।

    images
    images
    images

    साना किसानका बारेमा युवालाई जानकारी गराउन विद्यालयस्तरबाटै अभियान सञ्चालन गर्नुपर्नेमा अधिकारीले जोड दिए । पछिल्लो समय विभिन्न सहकारी संस्थामा समस्या देखिएको उल्लेख गर्दै उनले साना किसान कृषि सहकारी अहिलेसम्म त्यस्ता समस्याबाट जोगिए पनि आगामी दिनमा सचेत र सजग भएर काम गर्नुपर्ने बताए ।

    images
    images
    images

    स्थानीय तहमा रहेका विभिन्न सहकारीबीच समन्वय र सहकार्य आवश्यक रहेको अधिकारीको भनाइ छ । धेरै सहकारीमा कर्जा असुलीको समस्या देखिएको भन्दै उनले कर्मचारी र सञ्चालक समितिले असुलीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

    कार्यक्रममा संस्थाकी व्यवस्थापक सरला सुवेदीले संस्थाको समग्र प्रगति तथा गतिविधिबारे जानकारी गराएकी थिइन् । सहभागीले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकेको विषयमा ध्यानाकर्षण गराउँदै राज्यले पशु बीमा कार्यक्रम रोकेकाले त्यसलाई पुनः सञ्चालन गर्न पहल गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालयका कर्जा विभाग प्रमुख मन्दिपा दाहाल, इलाका कार्यालय बुटवलका प्रमुख पदमराज रेग्मीसहित सञ्चालक समिति र लेखा समितिका सदस्यहरूको सहभागिता थियो ।

    संस्थाका उपाध्यक्ष ख्यामनारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक सरला सुवेदीले गरेकी थिइन् भने सञ्चालक समिति सदस्य अजय रौनियारले स्वागत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साना किसान सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।