Logo

२०८३, आश्विन ९गते


images
images

राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न

राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न

images
  • राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालसम्म ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीले भदौ मसान्तभित्र बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अधिकारी, सोलुखुम्बुमा राजेन्द्र बस्नेत, ओखलढुंगामा पदमकुमारी गुरुङ, खोटाङमा ललित राई, संखुवासभामा दीपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव रायमाझी रहेका छन् ।

    images
    images
    images

    त्यस्तै सप्तरीमा उम्देश्वरप्रसाद साह, सिराहामा शम्भुप्रसाद यादव, सर्लाहीमा विजय यादव, पर्सामा बिना जयसवाल कुर्मी, रामेछापमा भरत वाइवा, सिन्धुपाल्चोकमा निलध्वज थापा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, भक्तपुरमा अर्जुन कार्की, चितवनमा चेतनाथ वाग्ले र लमजुङमा क्या. केबिन्द्रजंग गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।

    images
    images
    images

    त्यसैगरी, मुस्ताङमा जेम्स हिराचन, गोरखामा रमेशरमण खनाल, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, पर्वतमा शेरबहादुर उचाइ ठकुरी, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी ‘केदार’, स्याङ्जामा ऋषिराम लामिछाने, नवलपुरमा विष्णुप्रसाद अधिकारी, कास्कीमा नारायण गुरुङ र नवलपरासी पश्चिममा रामभवन यादव निर्वाचित भएका छन् ।

    यसैगरी,  रोल्पामा अमरबहादुर थापा, गुल्मीमा त्रिविक्रम चन्द, पाल्पामा डुलबहादुर कुँवर, बर्दियामा हेमन्तप्रकाश गिरी, कपिलवस्तुमा नारायणबहादुर सिंह, दाङमा प्रेम शाह, रुपन्देहीमा सागरप्रताप राणा, मुगुमा वीरचन्द बुढा, हुम्लामा विकास महत र सल्यानमा प्रदीप थापा जिल्ला अध्यक्ष बनेका छन् ।

    रुकुम पश्चिममा खम्बु खत्री, दैलेखमा सुरत केसी, डोटीमा खडकप्रसाद अग्रवाल, बैतडीमा इन्द्रदेवशरण भट्ट, कालिकोटमा मदन रोकाया, भोजपुरमा जनक नेपाल, बारामा विनोद भारती, दोलखामा गंगाबहादुर बस्नेत ‘रामहरी’ र महोत्तरीमा राजेश्वर राय यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।

    पार्टीका अनुसार बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने गरी मिति तय भइसकेको छ । महोत्तरीको अधिवेशन भदौ २६ गते शुक्रबार सम्पन्न भएको छ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। सोहीअनुसार जिल्ला अधिवेशनहरूलाई तीव्रता दिइएको पार्टीले जनाएको छ।

    पार्टीका अनुसार स्थानीय तह र जिल्ला अधिवेशनहरू उत्साहजनक रूपमा भइरहेका छन्। जिल्ला अधिवेशन सम्पन्न भएपछि महाधिवेशनको तयारीलाई थप गति दिने राप्रपाले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।